गाउछ गीत नेपाली Lyrics
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली
लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
सीताले सारा भिजाइन दक्षिण लंका-भारत
भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान
लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
सीताले सारा भिजाइन दक्षिण लंका-भारत
भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई
नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई
नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली

Comments
Post a Comment